नियम ६
कुनै पनि कर कार्यालयमा कर बुझाउन सकिने
नियम ५ बमोजिम कर तिरेको प्रमाणपत्र पाएका करदाताले आफ्नो सवारी साधनमा लागेको कर कुनै पनि कर कार्यालयमा बुझाउन सक्नेछ । यसरी एक क्षेत्रको करदाताले अर्को क्षेत्रको कर कार्यालयमा कर दाखिल गरेमा सो कर कार्यालयले सम्बन्धित क्षेत्रको कर कार्यालयलाई सो कुराको सूचना गर्नु पर्नेछ ।